२०८३ बैशाख ४ गते शुक्रवार

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रको दुई स्थान सुधार


दाङ । आईसीसी टी–२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दुई स्थान सुधार गर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिनुभएको हो ।

भारत र श्रीलङ्का चलिरहेको टी–२० विश्वकपमा गरेको प्रदर्शनपछि दीपेन्द्रले वरीयतामा सुधार गर्नुभएको हो । उहाँले टी–२० विश्कपमा १६९ रन बनाउँदै २ विकेट लिनुभयो ।

टी–२० अलराउन्डर वरीयतामा कुशल भुर्तेलले एक स्थान र रोहित पौडेलले दुई स्थान सुधार गर्नुभएको छ । यो वरीयतामा पाकिस्तानका सइम अयुब शीर्ष, जिम्बावेका सिकन्दर राजा दोस्रो र भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा छन् ।

यस्तै दीपेन्द्र टी–२० ब्याटिङ वरीयतामा ११ स्थान सुधार गर्दै ६०औँ स्थानमा उक्लिनुभएको छ । यस्तै दीपेन्द्र टी–२० बलिङ वरीयतामा तीन स्थान सुधार गर्दै ६९औँ स्थानमा र सोमपाल कामी १७ स्थान सुधार गर्दै १००औँ स्थानमा उक्लिएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस