२०८३ जेष्ठ २० गते बुधवार

आज १० औँ निर्वाचन दिवस मनाइँदै


दाङ।
आज दशौँ निर्वाचन दिवस मनाइँदैछ । नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको सम्झनामा आज दसौँ निर्वाचन दिवस मनाउन लागिएको हो ।

देशमा प्रजातन्त्र स्थापनाको आठ वर्षपछि विसं २०१५ फागुन ७ गते आमनिर्वाचन भएको थियो । संवैधानिक अङ्गका रूपमा रहेको निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिसम्मको निर्वाचन गराउँदै आएको छ ।

आयोग अहिले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीमा जुटिरहेको छ । त्यसैले यसवर्ष आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमै केन्द्रित भइ कान्तिपथस्थित परिसरमा कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

आयोगले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र स्थानीय तहको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचन सम्पन्न गरिसकेको छ । २०७३ सालदेखि निर्वाचन दिवस मनाउन थालिएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस