दाङ । दाङ उपत्यकासहित देशका अधिकांश ठाउँको मौसम आज बिहानैदेखि बदली देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि अधिकांश ठाउँमा बदली हुने छ भने पहाडी तथा हिमाली भु–भागमा हल्का वर्षा र हिमपातको संभावना छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पछिल्लो चौबीस घन्टामा पूर्वदेखि सदूरपश्चिमसम्मका भूभागहरूमा वर्षा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।















