२०८३ कार्तिक ५ गते बिहिवार

आगामी मंगलबारदेखि एक साता बढी धेरै क्षेत्रमा वर्षा हुन सक्ने अनुमान

दाङ । आगामी मंगलबारदेखि एक साता बढी नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने पुर्वानुमान गरिएको छ । मौसमविद् विनोद पराजुलीले आगामी साता बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गर्नुभएको छ ।

पराजुलीले हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने संकेत देखाएको बताउनुभयो ।

उहाँले आगामी साताको सम्भावित वर्षालाई ध्यानमा राखेर योजना बनाउन सुझाव दिनुभएको छ । यद्यपि, विभिन्न मोडेलले वर्षा हुने स्थान र परिमाणबारे फरक–फरक संकेत देखाएकाले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन रहेको पराजुलीले बताउनुभयो ।

यसैबिच आगामी साताको मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानलाई मौसमको पछिल्लो अवस्था हेरेर निर्णय लिन पराजुलीले सुझाव दिनुभएको छ । सम्भव भए वर्षा सुरु हुनुअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउने वा वर्षा रोकिएपछि कटानी गर्ने गरी योजना बनाउन उहाँले आग्रह गर्नुभएको छ । पराजुलीले सम्भावित वर्षासम्बन्धी जानकारी डर सिर्जना गर्न नभइ समयमै पूर्वतयारी गर्नका लागि सार्वजनिक गरिएको स्पष्ट पार्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस