तुलसीपुर। २९ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर बहुप्राविधिक शिक्षालयमा फार्मेसी तेस्रो वर्ष अध्ययनरत विद्यार्थीहरुले दुई समूहमा विभाजन भई विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् ।
विद्यार्थीहरुले मावि बेल्झुण्डी र मावि दोघरेमा पुगेर स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका हुन् । कार्यक्रममा १ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा फार्मेसी कोर्डिनेटर रेणु खड्का, फार्मेसी प्रशिक्षक ब्रेकफास्ट न्यौपाने तथा फुड एण्ड डेरी संकाय कोर्डिनेटर रक्षा पौडेल, विद्यार्थी तुलराज बरालको समेत उपस्थिति रहेको थियो । विद्यालय तहका विद्यार्थीहरुमा स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम प्रभावकारी तथा उपलब्धिमूलक रहेको आयोजकले जनाएको छ ।
मावि बेलझुण्डीमा सम्पन्न कार्यक्रम शिक्षालयका शिक्षक ब्रेकफास्ट न्यौपानेको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक ढकबहादुर ओलीको प्रमुख आतिथ्यतामा गरिएको थियो ।


















