दाङ । दाङ क्षेत्र नम्बर ३ को मतगणना केहि बेरमा शुरु हुन लागेको छ । निर्वाचन अधिकृत चन्द्र बहादुर सिंजालीले अब केहि बेरमा मतगणना शुरु हुन लागेको बताउनुभयो ।
गएराती २ बज बसेको सर्बदलिय बैठकले आज बिहान ७ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको थियो । तर अझै पनि मतगणना शुरु हुन सकेको छैन् । मतदाता भने मतगणनाको व्यग्र प्रतिक्षामा छन् ।
















