दाङ ।दाङमा अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ११ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार चैत १ गतेदेखि ११ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिएका ट्याक्टरबाट २ लाख ९४ हजार ८७२ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।















