दाङ । दाङमा अवैधरुपमा हुने नदिजन्य पदार्थ ओसारपसारलाई प्रहरी निगरानी बढाएको छ । प्रहरीले खोला तथा नदिबाट ढुंगा, गिट्टी, बालुवा अवैधरुपमा ओसारपसार गर्ने १३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर जरिवाना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार अनुसार चैत १७ गतेदेखी २३ गतेसम्मको अवधिमा जिल्लाका विभिन्न स्थानबाट १३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर तीन लाख बढी जरिवाना गरिएको छ ।
प्रहरीले जिल्लाका विभिन्न स्थानमा अबैध रुपमा नदिजन्य पदार्थ –ढुङ्गा, बालुवा, गिट्टी ओसारपसार कार्यमा संलग्न भएका टेक्टरलाई नियन्त्रणमा लिएर ३ लाख ५९ हजार ५७ जरिवाना गरेको हो ।
प्रहरीले नदीजन्य पर्दाथ अवैध रुपमा उत्खनन् तथा ओसारपसार भएको पाइएमा सूचना दिन पनि प्रहरीले सबैमा आग्रह समेत गरेको छ ।














