२०८३ जेष्ठ २२ गते शुक्रवार

वातावरण दिवसको अवसरमा बिरुवा रोपण तथा सरसफाइ


दाङ, २२ जेठ । आज विश्व वातावरण दिवस २०२६ देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा पारेर हाम्रो पहुँच विद्यालयले आज स्कुल प्रागणमा विभिन्न प्रजातिका बिरुवा लगाएको छ ।

विद्याल परिसरमा आँप, लिच्ची, अम्बा, स्वामी र विभिन्न फल तथा फुलका बिरुवा रोपिएको छ । विद्यालयले जनचेतना जगाउने उद्देश्यले बिरुवा रोपण तथा आर्दशनगर टोल विकास संस्थाको बाटोमा सरसफाइ गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा कक्षा ८ का ग्रिस भण्डारीले बिरुवा कसरी रोप्छन् भन्ने कुरा सिक्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफ्नो घर वरपरको वातावरण सफा र स्वस्थ राख्न रुख बिरुवाको महत्व निकै रहेको बताउनुभयो ।

यसैगरी विद्यालय व्यवस्थापन उपसमिति सदस्य उत्तम भण्डारी विद्यार्थीहरुलाई बिरुवा रोप्न सिकाउनुभयो । उहाँले सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको बताउनुभयो ।

विद्यालयले किताबमा भएका कुरालाई जीवनमा लागु गर्न गरेको यो प्रयास अत्यन्तै प्रभावकारी रहेको बताउनुभयो । वातावरण सरक्षणमा सबैको भुमिका महत्वपूर्ण हुने भएकाले स्वस्थ रहन बोट बिरुवा रोप्ने सरसफाइमा ध्यान दिने काम आवश्यक रहेको बताउनुभयो ।

यस्तै हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका सिइओ डिआर भण्डारीले बिगतका वर्षदेखि नै विद्यालयले विद्यार्थीलाई विभिन्न क्रियाकलापमा सहभागी गराउदै आएको बताउनुभयो । सोही अनुरुप आज विद्यार्थीलाई वातावरणको महत्व, संरक्षणमा उनिहरुको सहभागिता र प्रकृतीप्रतिको माया बुझाउन यस्तो क्रियाकलापमा सहभागी बनाएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक शिव पुनले विद्यालय परिसरमा हरियाली बनाउन विभिन्न फल र फुलका बिरुवा लगाएको जानकारी दिनुभयो । उहाँले बालबालिकालाई वातावरण संरक्षणमा विद्यार्थीको भुमिका कति महत्वपूर्ण छ भन्ने कुरा सिकाउन पनि यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस