दाङ । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीय रुबीकुमारी ठाकुर उम्मेदवार बन्नुभएको छ । उहाँलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
अहिलेको जनअपेक्षाअनुसार उदाउँदो पार्टीहरू एक ठाउँमा उभिनुपर्ने भएकाले पनि रास्वपाले ठाकुरलाई समर्थन गरेको उहाँले बताउनुभयो ।
रास्वपाले उपसभामुख पदमा सांसद अशोककुमार चौधरीको समर्थक रहने जनाएको छ । उपसभामुख पदमा राप्रपाले पनि उम्मेदवारी दिएको छ । राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ । लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् ।















