दाङ । दाङको घोराहीमा सत्यापन एंव न्यू मिडिया ह्याण्डलीङ तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहयोगमा सत्यापन र एआई सम्बन्धी तालिम भएको हो ।
त्यस अबसरमा कार्यक्रमका प्रमुख अतिथि एंव नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारितामा तथ्य जाँच आजको आवश्यकता रहेको बताउनुभएको छ । झुठ कुरा खोज्न नपर्ने र सत्य कुरा खोज्न गाह्रो हुने भएकाले सत्य कुरा खोज्न एआई सहयोगी माध्यम बन्न सक्ने उहाँको भनाइ छ ।
उहाँले सरकारले निजी मिडियाप्रतिको धारणा र सरकारी बिज्ञापनमा लागाइएको सिण्डिकेट हटाउनुपर्ने बताउनुभयो । सरकारले देशमा भएका मिडिया, हजारौ जनशक्तिलाई समस्यामा पार्ने गरी गलत कदममा अघि सारेकाले यस्तो कदम सच्याउनुपर्ने बताउनुभयो ।
पछिल्लो समय एआईको विकाससंगै बदलिँदो समयमा पत्रकारले आफुलाई परिस्कृत गर्न पढ्ने बानीको विकास गर्न सुझाव समेत दिनु भएको छ । प्रविधिको विकासले तथ्य जाँच, सम्पादनमा सहयोग गरेको भन्दै एआईको भुमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा महासंघका पूर्व अध्यक्ष विपुल पोखरेलले एआई मानिसले बनाएको प्रविधि भएकाले यस्को प्रयोग पनि मानिसले आज अपरिहार्य जस्तै बन्दै गएको बताउनुभयो । उहाँले यो प्रविधियुक्त, प्रतिशप्रधात्मक समयमा सरकाले अनुचित काम गरेको भन्दै सरकारप्रति प्रश्न उठाउने समय आएको बताउनुभयो । पत्रकारीताप्रति सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्ने र हरेक सरकारी निर्णय सबैको भलो हुने र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष उदय जिएम, प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघका सचिव सबिन प्रियासनले सत्यापन र एआई तालिमले पत्रकारीता गरिरहेकालाई सहयोग पुग्ने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्षता सन्तोष सुबेदीको अध्यक्षतामा कार्यक्रम भएको हो । उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जेएन सागरले गर्नु भएको हो ।














