२०८३ साउन १३ गते बुधवार

शिक्षा अधिकृतमाथि दुर्व्यवहार आरोप : वडासदस्य बुढाथोकी धरौटीमा रिहा


दाङ । गत असार २७ गते घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१५ का वडासदस्य उत्तम बुढाथोकी धरौटीमा रिहा भएका छन् ।

दाङ जिल्ला अदालतले बुधबार थुनछेक बहसपछि ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालतका सूचना अधिकारी गोकर्ण वलीका अनुसार न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशपछि बुढाथोकी बुधबार नै रिहा भएका छन् ।

दाङको घोराही स्थीत पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको निर्वाचन बिधिसम्मबत तरीकाले नभएको र रोक्नु पर्ने माग गर्दै आएका घोराही १५ का वडा सदस्य बुढाथोकीले असार २७ गते घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत अजय बोहरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरेका थिए । सोही आरोपमा प्रहरीले वडासदस्य बुढाथोकीलाई पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस