२०८३ साउन १३ गते बुधवार

हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीले गरे गुरुहरुलाई सम्मान


दाङ । हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीले गुरु पूर्णिमाको अवसरमा विषेश कार्यक्रम गरेका छन् । हाम्रो पहुँच बाल क्लबको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले गुरुहरुलाई टिका, माला लगाइ कलम र डायरी दिएर सम्मान गरेका हुन् ।

त्यस अबसरमा विद्यार्थी सुमिना परियारले ज्ञान, शिक्षा र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने गुरुप्रति सम्मान प्रकट गर्दै गुरुहरुले नै शिक्षाको ज्योती छरेर समाजमा उज्यालो प्रदान गरेको बताउनुभयो ।

शिक्षकले नै डाक्टर, पाइलट, इन्जीनियर, वकिल, राजनितिज्ञदेखि कृषक सम्मलाई ज्ञानको बाटो देखाएको बताउनुभयो । संसारमा पढेर जतिपनि दक्ष भएका छन्, त्यसमा गुरुहरुकै देन रहेको बताउनुभयो ।

अर्का विद्यार्थी उमङ्ग भुषालले आजका बालबालिका अर्थात काँचो माटोलाई पूर्ण तयार गरी भविष्य उज्वल पार्ने जिम्मेवारी बहन गर्ने शिक्षक साच्चिकै त्यागी गुरु भएको बताउनुभयो । गुरुहरुको शिक्षा, संस्कार र असल मार्ग निर्देशनले आजका विद्यार्थी भोलि अनुसाशित, मेहनती, लगनशिल र दक्ष बनेर निस्कनुमा शिक्षकको भुमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षक लक्ष्मी घिमिरेले एक शिक्षकले लाखौ विद्यार्थीको मनोभावना बुझेर पढाउने कुरा जो केहिमा सम्भव नभएको बताउनुभयो । “गु“ को अर्थ अन्धकार र अज्ञान अनि “रु“ को अर्थ अन्धकार हटाउने, प्रकाश दिर्ने भएकाले गुरुले जहिले उज्यालोतर्फ डोर्‍याउने बताउनुभयो ।

यसैगरी विद्यालयका प्रधानाध्यापक शिव पुनले विद्यार्थी मेहनत गर्दै सिक्दै जाने क्रममा शिक्षक बलियो आड बनेर संगसैगै अगाडी बढेको बताउनुभयो । विद्यार्थीले शिक्षकप्रति देखाएको माया, प्रेम, सद्भाव र सम्मान नै शिक्षकको सबैभन्दा ठुलो उपलब्धि भएको बताउनुभयो ।

कार्यक्रम आयोजना गर्ने बाल क्लबलाई धन्यावाद दिदै उहाँले भोलिका दिनमा बाल क्लबले अझै राम्रा काम गर्ने र त्यस कममा सबै शिक्षकले सहयोग गर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा विद्यार्थी रोहित थापाले गित गाउनु भएको हो भने नितु कवरले कविता वाचन गर्नु भएको हो ।

विद्यार्थीहरु रिया मल्ल, आयुष्मा बुढा, मञ्जिला शर्मा, दिलमाया बस्नेत, बिनिशा रिजाल, सञ्जिला सानु शाही, सर्मिला बिसी र झरना ओलीले नृत्य प्रस्तुत गर्नु भएको हो ।

त्यस अबसरमा गत ७ गते गठित हाम्रो पहुँच इको क्लबका पदाधिकरी तथा सदस्यहरुलाई प्रमाण पत्र हस्तान्तरण गरिएको छ । बाल क्लबका अध्यक्ष आयुष खनालको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक शिव पुनको प्रमुख आतिथ्यातामा कार्यक्रम भएको हो ।

विद्यार्थी सुप्रिम धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदिक्षा शर्मा र समानता भुषालले गर्नु भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस