दाङ । दाङमा ८ दिनको अवधिमा १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न मुद्दामा फरार रहेका १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको हो ।
प्रहरीले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको खोजतलास अभियानअन्तर्गत २०८२ साल चैत २३ गतेदेखि ३० गतेसम्म उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत घोराहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट जम्मा ९२ हजार ६९९ रुपैयाँ जरिवाना असुल गरिएको छ, भने उनीहरूलाई कुल १ वर्ष ११ महिना ३ दिन कैद सजाय तोकिएको छ । फरार प्रतिवादी खोजी अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रहरीले जनाएको छ ।















