सल्यान । सल्यानमा आगलागीमा परी एक वृद्धको निधन भएको छ । बागचौर नगरपालिका–४, नमुना बस्तीमा विद्युत् सर्टका कारण भएको आगलागीमा परी ७० वर्षीय मोतिराम वलीको मृत्यु भएको हो ।
बाख्राको खोरमा सुतिरहेका वलीको विद्युत् तार सर्ट भई आगलागी हुँदा जलेर मृत्यु भएको हो । स्थानीयका अनुसार वली नजिकै आफन्तको बिहेमा सहभागी हुन जानुभएको थियो ।
गर्मीका कारण उहाँ बिहे घर नजिकै रहेको टहरामा सुतिरहेका बेला अचानक आगलागी भएको थियो ।
आगलागीबाट खोरमा रहेका करिब ३५ वटा लोकल कुखुरा समेत जलेर नष्ट भएका छन् । बागचौर नगरपालिका–४ का वडा अध्यक्ष कृष्णा बस्नेतले आगलागी विद्युत् सर्टका कारण भएको प्रारम्भिक अनुमान रहेको र थप अनुसन्धान भइरहेको बताउनुभयो ।














