२०८३ बैशाख ९ गते बुधवार

नेपाल ‘ए’ लाई ओमानले दियो २८१ रनको लक्ष्य


दाङ । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा ओमानले नेपालको ‘ए’ टोलीलाई २८१ रनको लक्ष्य दिएको छ ।

काठमाण्डौको माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बनायो । ओमानका मुजिबुर अलीले ७२, जतिन्दर सिंहले ५८ रन बनाउनुभयो । नेपालका आकाश चन्दले ४ विकेट लिनुभयो ।

नेपालको ‘ए’ टोली र ओमानबीचको एकदिवसीय शृङ्खलाको दोस्रो तथा अन्तिम खेल पर्सि शुक्रवार हुनेछ । यसपछि नेपालको ‘ए’ टोलीले स्कटल्यान्ड र अमेरिकासँग पनि २–२ वटा एकदिवसीय खेल खेल्नेछ ।

यसैबीच आउँदो शनिवारदेखि कीर्तिपुरको त्रिवि मैदानमा नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानबीचको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खला शुरू हुँदैछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस