दाङ। दाङको लमही नगर विकास समितिले लमही बसपार्क क्षेत्रमा निर्माण गरिएका अस्थायी टहराहरू हटाउने भएको छ ।
समितिले २०८२ चैत ८ गते ३५ दिने सूचना जारी गर्दै व्यवसायीहरूलाई टहरा खाली गर्न आग्रह गरेको थियो । जसको म्याद यही वैशाख १२ गतेसम्म कायम रहेको छ । वैशाख १३ गते टहरा खालि गराईने समितिले जनाएको छ ।
समितिका अध्यक्ष जोगराज चौधरीका अनुसार तोकिएको समयभित्र टहरा खाली गर्न सबै व्यवसायीहरुलाई अनुरोध गरिएको थियो । तोकिएको समयमा टहरा खालि नगरे सुरक्षा निकायको सहयोगमा खालि गराइनेछ । ३५ दिने सूचना जारी गरेर सबै व्यवसायीलाई जानकारी गराइसकेको उहाँले बताउनुभयो ।
लमही नगर विकास समितिले उक्त क्षेत्रमा निर्माण गरिएका ३९ वटा व्यावसायिक टहरा लामो समयदेखि भाडामा उपलब्ध गराउँदै आएको थियो ।














