दाङ । प्रथम झापा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२६ मा दाङ जिल्लाका युवा खेलाडी साकार कुमार महताराले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको नाम दर्ज गरेका छन् । दाङ तथा लुम्बिनी प्रदेशमा आयाेजित प्रतियोगितामा स्वर्ण पदक जितेका उनले झापा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्न सफल भएका हुन् ।
नेपाल तेक्वान्दो संघ जिल्ला समिति झापाको आयोजनामा वैशाख २६ मा सम्पन्न प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरुको सहभागिता रहेको थियो । कडा प्रतिस्पर्धाका बीच साकारले उत्कृष्ट खेल कौशल, आत्मविश्वास र अनुशासन प्रस्तुत गर्दै रजत पदक जित्न सफल भएका हुन् ।
दाङकाे तुलसीपुर-६ गाेलाैरा निवासी महताराले विभिन्न विद्यालयहरूमा तेक्वान्दो प्रशिक्षकका रूपमा काम गर्दै आएका छन् ।






















