दाङ । दाङको तुलसीपुरमा रहेको राप्ती लाइफ केयर अस्पतालले विपन्न बालबालिकाको पढाइमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्रि सहयोग अभियानलाई तिब्रता दिएको छ । अस्पतालले ग्रामिण क्षेत्रका विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका बालबालिकालाई झोला, कापी, कलम लगायतक शैक्षिक सामग्रि सहयोग अभियान तिब्र पारेको हो ।

अस्पतलालले बिहिबार तुलसीपुर उपमहागनरपालिका वडा नम्बर १५ मा रहेको बाल चेतना आधारभूत विद्यालय धमकापुरका ३५ जना बालबालिकालाई शैक्षि सामग्री सहयोग गरेको हो । अस्पतालले विद्यार्थीलाई झोला, कापी, पेन्सिलका साथै स्वास्थ्य सचेतनाका लागि ब्रस र मन्जन समेत सहयोग गरेको छ ।
अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालले आर्थिक अभावका कारण कुनै पनि बालबालिका पढाईबाट बञ्चित नहोउन् भन्ने उद्देश्यका साथ अस्पतालले विभिन्न विद्यालयमा पुगेर शैक्षिक सामग्रि सहयोग गरिरहेको बताउनुभयो । उहाँले अस्पतालले स्वास्थ्य सेवासंगै सामाजिक उत्तरदायित्वका काम पनि गरिरहेको बताउनुभयो ।
बालबालिकामा आज गरेको लगानीले भोलि सुन्दर प्रतिफल प्राप्त हुने भएकाले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित गर्न नहुने उहाँको भनाई छ । अस्पताले विद्यार्थी र शिक्षकलाई इमरजेन्सीको टिकट निशुल्क दिने र विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई अस्पतालका अन्य स्वास्थ्य सेवाहरूमा १० देखि २५ प्रतिशतसम्म विशेष छुट प्राप्त दिने अध्यक्ष रिजालले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर वलीको अध्यक्षता तथा राप्ती लाइफ केयर अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम गरिएको हो ।
प्रधानाध्यापक नवराज डाँगीले विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले शैक्षिक सामग्रि सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहयोग पुग्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर वलीले अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य भीमा राना, दिनेश पौडेल, कमल बस्नेत, शंकर भण्डारी, अमर भण्डारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षक जगतराज रेग्मीले गर्नुभएको हो ।
















