२०८३ जेष्ठ १७ गते आइतवार

एशियाली खेलकुदमा छनोट हुनबाट नेपाली महिला क्रिकेट टोली वञ्चित


दाङ । नेपाली महिला क्रिकेट टोली एशियाली खेलकुदमा छनोट हुन असफल भएको छ । आज तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा चीनसँग डीएलएस नियमका आधारमा ५ विकेटले पराजित भएपछि नेपाल छनोट हुन असफल भएको हो ।

वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले ७ ओभरमा ५ विकेट गुमाएर ५० रन बनाएको थियो । नेपालका कविता कुँवरले नटआउट २२ रन बनाउनुभयो ।

डीएलएस नियममा ७ ओभरमा ४३ रनको लक्ष्य पाएको चीनले ५ विकेट गुमाएर अन्तिम ओभरमा भेटायो । चीनका कप्तान मिङ्ए झुले १८ रन बनाउनुभयो । नेपालका रिया शर्माले २ विकेट लिनुभयो ।

नेपाललाई हराएसँगै चीन एशियन खेलकुदमा छनोट भएको छ । यस्तै यसअघि फाइनलमा पुगेका थाइल्यान्ड र मलेशिया पनि छनोट भएका थिए ।

प्रतियोगिताको समूह ‘ए’ मा थाइल्यान्ड, मलेशिया र हङकङ थिए । यस्तै समूह ‘बी’ मा नेपाल, चीन र इन्डोनेशिया थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस