दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको जारी २० औँ वार्षिक साधारणसभामा आँखाको जाँच पनि भइरहेको छ । साधारणसभामा हरेक दिन राप्ती आँखा अस्पतालले आँखाको निःशुल्क आँखा जाँच गरिरहेको छ ।
चौथो दिन मावि कालाखोला एकाइ केन्द्रमा १७३ जनाको आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम अधिकृत सुरुची बुढाथोकीले जानकारी दिनुभयो । आँखा जाँच गरिएकामध्ये २ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।
मोतियाबिन्दुको समस्या देखिएकालाई अस्पतालमा जान आग्रह गरिएको छ । साधारणसभामा अस्पतालले हरेक दिन आँखाको निःशुल्क जाँच गरिहेको छ । भोलि पाँचौ दिन पनि जनकल्याण मावि दुधरासमा आँखाको निःशुल्करुपमा जाँच गरिने छ ।

























