२०८३ जेष्ठ २३ गते शनिवार

नेपालमा मनसुन भित्रिन एक हप्ता लाग्ने


दाङ । नेपालमा मनसुन भित्रिन अझै एक हप्ता लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक हप्ता लाग्ने छ ।

तीनचार दिनमा बङ्गालको खाडीमा मनसुन पुग्ने र त्यसपछि नेपालमा आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिनपछि पनि हुन सक्ने मौसमविदको भनाइ छ । मौसमविदहरुका अनुसार कहिलेकाहीँ मनसुन छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ ।

नेपालमा औसत जुन १३ तारिखमा मनसुन भित्रिने मिति हो । आज जुन ६ भएको छ । भारतमा तोकिएको औषत मिति जुन १ मा मनसुन भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ । त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रिने मौसमविदहरुको अनुमान छ ।

यसपालि मनसुनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ । कुनैकुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुने सक्ने सम्भावनासमेत रहेको मौसमविद्हरूले अनुमान गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस