२०८३ भाद्र ११ गते बिहिवार

हाम्रो पहुँचमा ‘इन्टर हाउस स्तरिय फूटबल प्रतियोगिता’ : उत्कृष्टलाई मेडलसहित सम्मान

दाङ। दाङको तुलसीपुर–७ झुमरेस्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलमा ‘इन्टर हाउस स्तरिय फूटबल प्रतियोगिता’ संचालन गरिएको छ । प्रतियोगितामा उत्कृष्ट टिम तथा खेलाडीलाई बिहिबार मेडलसहित सम्मान गरिएको छ ।

प्रतियोगितामा सिनीयर हाउसतर्फ ग्रिन हाउस प्रथम भएको हो । यस्तै जुनियर हाउसतर्फ रेड हाउस प्रथम भएको हो । दुवै टिमलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको हो ।

यस्तै बेष्ट प्लेयर कक्षा १० का संजय ऐरी, बेष्ट गोल्कीपर कक्षा १० कै रंजित चौधरी र हाइ स्कोरर कक्षा १० कै सुदीप परियारलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ । प्रतियोगिता गत बिहिबार र शुक्रबार संचालन गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक शिव पुनले विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी खेलकुद क्षेत्रमा पनि उत्तिकै अब्बल बनाउने नीति लिएको बताउनुभयो । ‘खेलकुदमा रुचि भएका विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि हामीले नियमित रूपमा यस्ता प्रतियोगिता आयोजना गर्दै आएका छौँ ।’ उहाँले भन्नुभयो–‘विद्यार्थीको रुचि र चाहना अनुसार अतिरिक्त क्रियाकलापलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।’

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस