२०८३ भाद्र २७ गते शनिवार

एसीसी प्रिमियर कप फाइनलमा नेपालले दियो यूएईलाई ३१४ रनको लक्ष्य


दाङ । एसीसी प्रिमियर कपको फाइनल जीतका लागि नेपालले यूएईलाई ३१४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको हो । नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गर्नुभएको छ । उहाँले १०६ बलमा १०२ रन बनाउनुभयो । यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो ।

अर्का ओपनर अर्जुन कुमालले ४३ रन बनाएर रनआउट हुनुभयो । त्यस्तै गुल्सन झाले ५२, रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८ र इशानले पाण्डे १३ रन बनाउनुभयो । सन्दीप जोराले ७ र बसीर अहमदले नटआउट १५ रन बनाउनुभयो ।

बलिङतर्फ यूएईका इब्रार अहमदले ४ विकेट लिनुभयो । खुजाइमा बिनले २ तथा हैदर अली र अदीब उस्मानीले १/१ विकेट लिनुभयो । आजको फाइनल जित्ने टोलीले सन् २०२७ मा हुने एक दिवसीय एशिया कपमा स्थान बनाउनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस