२०८३ कार्तिक ८ गते आइतवार

जिल्ला प्रशासन कार्यालय सल्यानमा ‘नागरिक सहायता कक्ष’ सञ्चालन


दाङ । जिल्ला प्रशासन कार्यालय सल्यानले सेवाग्राहीका लागि ‘नागरिक सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ ।

कक्षबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायत सेवाका फाराम भर्ने, कागजात फोटोकपी, स्क्यान, इमेल तथा प्रिन्ट सेवा निःशुल्क उपलब्ध गराइँदैछ ।

यसअघि कार्यालयबाहिरका पसलमा शुल्क तिरेर लिनुपर्ने सेवा कार्यालय परिसरमै निःशुल्क उपलब्ध भएपछि सेवाग्राहीलाई सहज भएको छ ।

प्रमुख जिल्ला अधिकारी वन्दनाकुमारी केसीका अनुसार सेवाग्राहीको आवश्यकता हेरेर सहायता कक्षलाई थप व्यवस्थित र विस्तार गरिनेछ । –अनलाइनखबर

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस