२०८३ कार्तिक १ गते शनिवार

दाङमा जंगली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु


दाङ । दाङमा जंगली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका १ बनघुस्री निवासी ऋषि माझीकी तीन वर्षीया छोरी लक्ष्मी माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जंगली च्याउ खाँदा बिरामी परेकी तीन वर्षीया बालिकाको आमा २६ वर्षीया सुमित्रा माझी उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डा. हेम बहादुर केसीले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार जंगली च्याउ खाएपछि आमा छोरी बिरामी परेका थिए । उनीहरूलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल लगिएकोमा राति ११ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भएकी छन् । उनीहरूले असोज २१ गते साँझ जंगली च्याउ खाएको बुझिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस