दाङ । पहिलो संस्करणको आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।
खेल रुवान्डामा नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरु हुनेछ । नेपाल पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा इटालीलाई र तेस्रो खेलमा घरेलु टोली रुवान्डालाई हराएको थियो । चौथो खेलमा नेपाल भानुआतुसँग हार्यो ।
आईसीसीले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टोलीले एक अर्कासँग दुई पटक खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।














