२०८३ बैशाख १५ गते मङ्गलवार

महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आज घरेलु टोली रुवाण्डासँग खेल्दै


दाङ । पहिलो संस्करणको आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आज आयोजक रुवाण्डासँग खेल्दैछ । खेल रुवान्डामा नेपाली समयअनुसार दिउँसो पौने १ बजे शुरु हुनेछ ।

नेपालले अहिलेसम्म ५ खेल खेलेकोमा इटाली र घरेलु टोली रुवान्डालाई हराएको थियो । नेपाल पहिलो खेल र पाँचौँ खेलमा अमेरिकासँग तथा चौथो खेलमा भानुआतुसँग पराजित भएको थियो ।

प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टोलीले एक अर्कासँग दुई/दुई खेल खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस