२०८३ जेष्ठ ११ गते सोमवार

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


रोल्पा । सवारी ज्यान मुद्दाका फरार प्रतिवालीलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

रोल्पा त्रिवेणी गाउँपालिका–५ सिम्लाका ३२ वर्षीय लालबहादुर केसीलाई खोजतलास गर्ने क्रममा काठमाडौंमा लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धादिङ जिल्ला अदालतको २०७७ पुस २८ गतेको फैसलाले केसीलाई १ वर्ष ११ महिना ४ दिन कैद सजाय तोकेको थियो ।

प्रहरीले केसीलाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट कानुनबमोजिम नियन्त्रणमा लिई हिजो आइतबार बिहान ७ बजे सम्बन्धित कार्यालयमा ल्याई केसीको स्वास्थ्य परीक्षण (मेडिकल) समेत गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस