२०८३ जेष्ठ ११ गते सोमवार

देशभर एक महिनामा १२४ वटा सवारी दुर्घटना, १२ जनाको मृत्यु


दाङ । देशभर वैशाख महिनामा मात्रै १२४ सवारी दुर्घटना भएको छ । जसमा १२ जनाको मृत्यु भएको छ भने १ सय ७४ जना घाइते भएका छन् ।

लुम्बिनी प्रदेशमा ९ वटा सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन् ।

यस्तै कोशी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने मधेशमा २० वटा सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् । बागमती प्रदेशमा १२ वटा सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा ५ दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । कर्णाली प्रदेशमा ३ वटा दुर्घटनामा ३ जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि ३ वटा दुर्घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस