२०८३ जेष्ठ २० गते बुधवार

आज र भोलि हावाहुरीसहित वर्षाको सम्भावना

दाङ । आज र भोलि लुम्बिनी र सुदूरपश्चिमसहित देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायमै रहे पनि भोलि भने तापक्रम घट्नेछ । हिजो तराईका सबैजसो भागमा तापक्रम केही घटेको छ । केही दिनयता पश्चिम तराईमा ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो दाङमा ३४ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ । साथै लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका तराईका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ । भोलि पनि हावाहुरीसहित पानी पर्ने महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस