२०८३ जेष्ठ २३ गते शनिवार

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै


दाङ । मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल बिहान पौने १२ बजे शुरु हुनेछ । समूह ‘डी’ मा रहेका नेपाल र हङकङ दुवै क्वाटरफाइनलमा पुगिसकेका छन् ।

आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले र दोस्रो खेलमा भुटानलाई ५१ रनले हराएको थियो । हङकङले पनि कतारलाई ८३ रनले र भुटानलाई १४ रनले हराएको थियो ।

कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन् । प्रतियोगितामा १८ देश सहभागि छन् । एसीसी प्रिमियर कपको शीर्ष चार टोली महिला टी–२० एसिया कपका लागि छनोट हुनेछन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस