२०८३ भाद्र ८ गते सोमवार

जुनियर रेडक्रसका शिक्षक नायक र स्वयंसेवकलाई डेंगु नियन्त्रणसम्बन्धी अभिमुखीकरण


दाङ । नेपाल रेडक्रस सोसाइटी, जुनियर युवा रेडक्रस जिल्ला समिति दाङको आयोजनामा देउखुरी क्षेत्रका जुनियर रेडक्रस सर्कलका शिक्षक नायक तथा स्वयंसेवकहरूका लागि डेंगु रोगको रोकथाम र बचावटसम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतबार लमहीमा सम्पन्न भएको छ ।

कार्यक्रममा देउखुरी क्षेत्रका चार वटा स्थानीय तह—लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक नायक र स्वयंसेवक गरी ३० जनाको सहभागिता रहेको थियो ।

अभिमुखीकरण तालिममा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसी र लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिना भुसालले सहजीकरण गर्नुभएको थियो ।

उहाँहरूले डेंगु रोग लाग्नुका कारण, यसबाट बच्ने उपायहरू, नेपाल सरकारको डेंगु रोग नियन्त्रण रणनीति, आगामी कर्तव्य तथा दाङसहित देशभर यस रोगको वर्तमान अवस्थाबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

जुनियर युवा रेडक्रस दाङका संयोजक भीमलाल मरासिनीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी दाङका मन्त्री प्रकाश श्रीवन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन रेडक्रस दाङका कार्यालय प्रमुख विश्राम अधिकारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस