दाङ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मृत्यु हुनेको संख्या १ हजार ३ सय नाघेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म १ हजार ३ सय ४४ जनाको शव फेला परेको छ ।
फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २ सय ६९ महिला र ४ सय ८९ पुरुष रहेका छन् । यस्तै, ५ सय १ जनाको आंशिक अंग फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
फेला परेका शवमध्ये १ हजार ३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ ।
मृतक तथा उनीहरूका आफन्त गरी हालसम्म २ हजार २ सय ३२ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ७ हजार ५ सय १२ जना प्रहरी परिचालन गरिएको छ । बाढीपछि ४ हजार ८ सय ९८ जना वेपत्ता रहेको र विवरणमा उल्लेख छ ।






















