दाङ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का भान्सा घरबाट खसेर घाइते हुनुभएको छ । खड्का आज बिहान घरको छानोमा चढेका बेला अचानक खस्दा घाइते हुनुभएको सचिवालयले जनाएको छ ।
घरबाट खस्दा नगरप्रमुख खड्काको दाँया खुट्टा भाँचिएको छ भने अर्को खुट्टामा पनि चोट लागेको छ । घाइते नगरप्रमुख खड्कालाई तुलसीपुरस्थिति सिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लागिएको छ ।
नेपालगञ्जमै खुट्टाको उपचार गरिने नगरप्रमुखको सचिवालयले जनाएको छ । खड्का दमको समस्याबाट पनि ग्रसित हुनुहुन्छ ।






















