२०८३ भाद्र २० गते शनिवार

श्रीमान हत्या आरोपमा श्रीमतिलाई १९ वर्षपछि मुद्धा


दाङ । दाङमा श्रीमानको हत्या गरेको आरोपमा १९ वर्षपछि श्रीमतिलाई मुद्धा दायर गरिएको छ । २०६४ साल पुस ९ गते राती तुलसीपुर उपमहानर–पालिका वडा नं.९ बेलुवा स्थित घरमा चन्द्र प्रकाश वलीको धारिलो हतियार प्रहार गरि हत्या भएको थियो ।

सोही हत्याको अभियोगमा मंगलबार सरकारी वकिल कार्यालय दाङले जिल्ला अदालतमा वलीकी जेठी श्रीमति कौशिला वली विरुद्ध मुद्दा दर्ता गरेको छ । सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधीबक्ता श्रीधर अधिकारीका अनुसार आरोपी वली अझै फरार छन् ।

चन्द्र प्रकाशका वुवा छविलाल वलीले दिएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालय दाङले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । छविलालले भएको अर्को दिन २०६४ साल पुस १० गते नै किटानी जाहेरी दिनुभएको थियो ।

चन्द्र प्रकाशको गर्धन र कन्चटमा प्रहार गरि हत्या गरिएको थियो । हत्या पछि बाहिरबाट ताला लगाएर जेठी श्रीमति फरार भएकी थिइन । भोलिपल्ट बिहान ढिलो समयसम्म पनि बुबा कोठाबाट ननिस्किएपछि छोरीहरू र स्थानीयहरु मिलेर ताला फोडेर हेर्दा चन्द्र प्रकाश ओछ्यानमा रक्ताम्मे अबस्थामा मृत भेटिएका थिए ।

उनको मृत्यु पश्चात् ततकालिन महेन्द्र अस्पताल दाङमा गरिएको शव परीक्षण प्रतिवेदन अनुसार टाउको र छातीमा धारिलो हतियारले लागेको गहिरो चोटका कारण मृत्यु भएको पुष्टि भएको थियो । हत्या भएको लामो समय बितिसक्दा पनि प्रतिवादी वली पक्राउ पर्न नसक्दा फरार रहेकै अवस्थामा सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीमार्फत अभियोग पत्र दायर गरिएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस