२०८३ भाद्र २२ गते सोमवार

राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरद्वारा राहत कोषमा १ लाख बढि सहयोग


दाङ। राष्ट्रिय स्वतन्त्र पार्टी, तुलसीपुर उपमहानगरपालिका समितिले प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । गत भदौ १० गते रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्र तथा पीडित नागरिकको राहत र पुनःस्थापनाका लागि नगर समितिले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।

विपद्को समयमा पीडित नागरिकलाई राहत पुगोस् र बाढीबाट भएको क्षति न्यूनीकरण तथा पुनःस्थापनामा सहयोग पुगोस भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरका सभापति जीवन भण्डारीले जानकारी दिनुभएको छ ।

नगर समितिले विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि सबै पक्षलाई आ–आफ्नो तर्फबाट सहयोग गर्नसमेत आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस