२०८३ भाद्र २७ गते शनिवार

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै


दाङ । मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ । ओमानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो ।

दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपाल समूह ‘ए’ को विजेता र ओमान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

समूह चरणका चारमध्ये तीन खेल जित्दै नेपाल शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको हो । टोलीले पहिलो खेलमा बहराइनलाई ७ विकेट, दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा भने नेपाल हङकङसँग १५ रनले पराजित भएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबीचको पछिल्ला भेटहरूमा नेपालको पल्ला भारी देखिएको छ । दुई टोलीबीच भएका पछिल्ला ५ ओडीआई खेलमध्ये नेपालले ३ खेलमा जित दर्ता गरेको छ भने ओमानले २ खेल आफ्नो पक्षमा पारेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस