२०८३ भाद्र २७ गते शनिवार

गोरखा ग्रुपद्वारा संचालित विद्यालयबिच भलिबल प्रतियोगिता संचालन

दाङ। गोरखा ग्रुपले संचालन गरेका विद्यालयबिच भलिबल प्रतियोगिता संचालन भएको छ । गोरखा सेकेन्डरी स्कुल तुलसीपुरमा शनिबार संचालित प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश खेलकुद परिषदका कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले गर्नुभएको हो ।

प्रमुख अतिथि न्यौपानेले शिक्षासंगै खेलाडी उत्पादनमा गोर्खा ग्रुपले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । गोरखा ग्रुप दाङका उपाध्यक्ष बालकृष्ण रोका मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले खेलकुदले शारिरीकरुपमा स्वस्थसंगै सामुहिक एकतामा बाँध्ने बताउनुभयो ।

प्रतियोगितामा गोरखा गु्रपले संचालन संचालन गरेको घोराही, लमही, देउखुरी र तुलसीपुरका चार वटा विद्यालयका छात्र र छात्रा गरेर ८ वटा टिमको सहभागी रहेको छ । गोरखा सेकेनडर स्कुल तुलसीपुरका प्रधानाध्यापक बिजयमान जिएमले विद्यालयले शिक्षासंगै खेलकुदका क्रियाकलापमा पनि जोड दिएको बताउनुभयो । उहाँले आगामी दिनमा फुटबल लगायतका प्रतियोगिता संचालन हुने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियारले खेल क्षेत्रको विकासमा गोरखा ग्रुपको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतले खेलाडी उत्पादनमा गोरखा ग्रुपले अतुलनीय भूमिका खेलेको बताउनुभयो । उहाँले लक्ष्य र गन्तव्यमा पुग्न खेलाडीलाई शुभकामना दिनुभयो । कार्यक्रमको सहजीकरण शिक्षक सुदान्सु गुप्ताले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस