एजेन्सी । मलेसियामा कार्यरत श्रमिकको ज्याला बढेको छ । मलेसिया सरकारले श्रमिकहरुको न्यूनतम ज्याला मासिक १ हजार ७ सय रिङ्गेट अर्थात् ६४ हजार २ सय ७ नेपाली रुपैयाँबाट बढाएर २ हजार रिङ्गेट अर्थात् ७५ हजार ५ सय ३८ नेपाली रुपैयाँ पुर्याउने घोषणा गरेको छ । यो नियम सन् २०२७ को जुन महिनादेखि लागू हुने छ ।
प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले सन् २०२७ को बजेट प्रस्तुत गर्दै बढ्दो जीवनयापन खर्च र श्रमिकको उत्पादकत्वबीचको अन्तरलाई सम्बोधन गर्न यो घोषणा गरिएको बताउनुभएको छ । मलेसिया सरकारको यस कदमबाट ४० लाखभन्दा बढी श्रमिकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ॥

























