२०८३ कार्तिक १ गते शनिवार

दाङमा दुई मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

दाङ । दाङमा दुई मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु् भएको छ । बिहिवार साँझ भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–२ रामपुरका ४० वर्षका टोपबहादुर वलीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीका घोराही –१५ को बुद्ध हस्पीटल ओरोलामा मोटरसाइकल दुर्घटना भएका हुन् । दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियोे । रा ६ प ६६७५ नम्बरको मोटरसाइकलले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मृत्यु हुने वली नम्बर नखुलेको मोटरसाइकल चालक हुनुहुन्छ । मोटरसाइकल जलेर पूर्णरुपमा क्षति भएकाले नम्बर पहिचान हुन सकेको छैन ।

दुर्घटनामा दुई जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको छ । घाइते दुवैको घोराहीस्थिति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार भैरहेको छ ।

घाइते हुनेमा दाङको बंगलाचुली गाउँपालिका–४ का सुनिल खत्री र रामबहादुर डाँगी रहेको प्रहरीले जनाएको छ । तिव्र गतिमा रहेको एक मोटरसाइकलमा ३ जना सवार रहेको र बंगलाचुली ४ का मोहन डाँगी दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस