दाङ । नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको उद्धघाटन खेलमा साविक विजेता लुम्बिनीले जितसहितको सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्स १७.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको थियो । सुदूरपश्चिमले दिएको ८८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ९.५ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य पूरा गरेको हो ।
लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ४० रन बनाउनुभयो । आसिफ शेखले ३२ रन बनाउनुभयो । मंगलबार २ खेल रहेका छन् । पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज बिच हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् ।

























