२०८३ कार्तिक ११ गते बुधवार

भोटेकोशी बाढीमा बेपत्ताको विवरण पठाउनमा दाङका स्थानीय तहको वेवास्ता

दाङ । रसुवाको भोटेकोशी बाढीमा वेपत्ताको एकिन विवरण पठाउन दाङका स्थानीय सरकारले वेवास्ता गरेका छन् । दाङबाट रोजगारीको शिलशिलामा रसुवामा ५० जना भन्दा बढी वेपत्ता छन् । तर बाढी आएको दुई महिना बढी हुँदासमेत स्थानीय सरकारले वेपत्ता नागरिकको एकिन विवरण पठाउन वेवास्ता गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङले भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण पठाउनका लागि पत्राचार गरेको र विभिन्न माध्यमबाट जानकारी गराएको तर हालसम्म कुनै पनि स्थानीय तहबाट विवरण प्राप्त नभएको जनाएको छ ।

कार्यालयले यथाशीघ्र उपलब्ध गराउन जिल्लाका स्थानीय तहलाई अनुरोध गरेको छ । कार्यालयले ‘रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३’ अनुसार विवरण यकिन गरी पठाउन स्थानीय तहलाई अनुरोध गरेको हो ।

कार्यालयका अनुसार बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न निर्धारित प्रक्रिया पूरा गरी विवरण उपलब्ध गराउनुपर्ने भए पनि हालसम्म विवरण प्राप्त हुन सकेको छैन ।

बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने भएकाले आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र विवरण उपलब्ध गराउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण यकिन भएपछि राहत, उद्धार तथा अन्य आवश्यक कार्यमा सहजता हुने प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस