२०८३ कार्तिक ११ गते बुधवार

बेत्रावतीमा स्वास्थ्य शिविर, अधिकांशमा प्रेसरको समस्या

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ बेत्रावतीमा बुधबार स्वास्थ्य शिविर संचालन गरिएको छ । स्थानीय विपन्न नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा सुगर र प्रेसरको जाँच गरिएको छ ।

स्वास्थ्य शिविरमा १०० भन्दा बढीको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा स्वास्थ्य जाँच गराएकामध्ये अधिकांशमा प्रेसरको समस्या देखिएको पाल्पाली पोलिक्निकका संचालक सुरज ज्ञवालीले बताउनुभयो ।

पाल्पाली पोलिक्लिनिक तुलसीपुर र जयजीव अभियानको संयुक्त आयोजनामा स्वास्थ्य शिविर संचालन गरिएको हो ।

जयजीव अभियानका द्रष्टा उपेन्द्र पौडेलले स्थानीयस्तरमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा अझै विकट वस्तीमा पुगेर स्वास्थ्य शिविरको आयोजना गरिने बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस