दाङ । दाङमा विभिन्न मुद्दामा फैसला भई फरार रहेका ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंसिर १ गतेदेखि ७ गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले विभिन्न मुद्दामा दोषी ठहर भइ फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत घोराहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पक्राउ परेका ११ जना प्रतिवादीबाट कुल ३० हजार ३१५ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने देखिएको छ । उनीहरूलाई कुल ५ वर्ष १ महिना ४ दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


























