२०८३ मङ्सिर ८ गते मङ्गलवार

दाङमा बिलबिजकबिनाका सामान बरामद


दाङ ।
दाङमा एक लाख बढीको बिलबिजकबिनाका सामान बरामद बरामद गरिएको छ । प्रहरीले गढवा गाउँपालिका–१ जुरौनीबाट बिलबिजकबिनाका विभिन्न सामान बरामद गरेको हो ।

पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा अस्थायी प्रहरी पोस्ट कालाकाटेले अन्दाजी १ लाख ६८ हजार १५० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार प्रहरी टोलीले सोमबार साँझ सवारीसाधन जाँच गर्ने क्रममा बिलबिजक नभएका सामान फेला पारेको हो । प्रहरीले विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले २२ थान, हेल्थ फसेट लेखिएको वाटर गन १८ थान, पीभीसी ट्याङ्क कनेक्टर ३० पिस, पीभीसी पाइप सकेट ३५ पिस, फिमेल टी ५५ पिस, मेल पीभीसी थ्रेड एडाप्टर ५० पिस, एल्बो १०० पिस र बदाम दुई बोरा बरामद गरेको हो ।

प्रहरीले बरामद गरेका सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस