सल्यान । सल्यानमा लुकाइछिपाई राखिएको अवस्थामा ८ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाएर राखिएका बन्दुक बरामद गरेको हो ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १ बजे गरिएको खोजतलासका क्रममा ८ नाल भरुवा बन्दुक फेला परेका हुन् ।
बरामद गरिएका बन्दुक आवश्यक कारबाहीका लागि प्रहरी चौकी बनगाड सल्यानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


























