दाङ । दाङको राप्ती गाउँपालिका–३ मसुरियाबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आफ्नै घरमा लागुऔषध ब्राउन सुगर बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले ३३ वर्षीय पूरन कामीलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले मंगलबार दिउँसो करिब २ बजे कामीको घरमा खानतलासी गर्दा उहाँको साथबाट ३ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको जनाएको छ ।
बरामद गरिएको पदार्थसहित कामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिनुभएको छ ।


























