२०८२ फाल्गुन २९ गते शुक्रवार

दाङमा एक वर्षमा २० हजार बढीले बनाए पासपोर्ट

दाङ । दाङमा एक वर्षको अवधिमा २० हजार बढीले पासपोर्ट बनाएका छन् । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा २० हजार चार सय ९५ जनाले पासपोर्ट अर्थात राहदानी बनाएका हुन् ।

वैदेशिक रोजगारी तथा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने युवाको मोह बढ्न थालेपछि पासपोर्ट बनाउनेको संख्या बढ्दै गएको छ । एक वर्षको तथ्यांकलाई हेर्दा दाङमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउने भन्दा राहदानी बनाउने धेरै छन् ।

एक वर्ष अवधिमा नागरिकता लिनेको तुलनामा तीन हजार बढीले पासपोर्ट बनाएका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा दाङबाट नयाँ नेपाली नागरिकता १७ हजार पाँच सय ९१ ले बनाउँदा राहदानी बनाउने २० हजार चार सय ९५ पुगेका छन् ।

जिल्ला प्रशासन कार्यालयसहित लमही र तुलसीपुरको इलाका प्रशासन कार्यालयको रिपोर्टअनुसार तीनवटै कार्यालयबाट नागरिकताभन्दा धेरै राहदानी वितरण भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस