दाङ । दाङमा माछा मार्ने क्रममा आमा–छोरीको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–१ बसन्तपुर बौराहका भरत सार्कीकी श्रीमती ३९ वर्षीया किमा सार्की र उहाँका १७ वर्षीया छोरी होलिका सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो शुक्रबार दिउँसो करिब २ बजेतिर घरबाट करिब पाँच किलोमिटर उत्तरतर्फ रहेको चिसो खोलाको बगरे दहमा माछा मार्ने क्रममा आमा छोरीको पानीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिनुभयो ।














